काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा थप १५ दिन लम्ब्याइने
काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय गरिएको छ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) काठमाडौंको सोमबार सम्पन्न बैठकले निषेधाज्ञा थप १५ दिन लम्ब्याउने प्रस्ताव गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।
अब मंगलबार बस्ने उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यससम्बन्धी थप निर्णय गर्ने पराजुलीले बताए।
यसअघि उपत्यकामा जारी गरिएको निषेधाज्ञा वैशाख २९ गते सकिँदै छ।
संक्रमण बढ्दै गएकाले निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको पराजुलीले बताए।