निदान अस्पतालले भन्यो– कोरोना संक्रमितलाई भर्ना लिन सक्दैनौं

ललितपुरस्थित निदान अस्पतालले अक्सिजन अभावमा कोभिडका थप नयाँ बिरामी भर्ना गर्न नसक्ने बताएको छ।

सोमबार अस्पतालले एक सूचना जारी गरी अक्सिजनको अभाव भएको भन्दै कोभिडका नयाँ बिरामी भर्ना गर्न नसक्ने बताएको हो।

कोभिडका बिरामीको उपचार गर्दै आएकोमा सरकारले नियन्त्रित कोटामा आउने अक्सिजन आपूर्ति अर्याप्त भएकाले बिरामी भर्ना गर्न असमर्थ भएको जानकारी गराउँछौ,’ सूचनामा भनिएको छ।

हाल दैनिक एक सयदेखि १३० वटा अक्सिजनको आवश्यक पर्ने गरेको अस्पतालले जनाएको छ।

हाल निदान अस्पतालमा ५० जना कोभिड बिरामी उपचाररत छन्।

जसमध्ये २० जनाको आइसीयू र एचसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय