अक्सिजन अभावमा गंगालाल अस्पतालले रोक्यो मुटुको शल्यक्रिया

हेल्थपोस्ट नेपाल

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले आकस्मिक बाहेकका अन्य शल्यक्रिया बन्द गरेको छ।

अक्सिजन अभाव भएसँगै शल्यक्रिया रोक्नु परेको अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए।

‘कोरोनाको संक्रमण बढेसँगै र अक्सिजन अभाव भएकाले पछि गरे हुने शल्यक्रिया रोकेका हौ,’ डा. अधिकारीले भने, ‘ आकस्मिक सेवा भने सुचारू नै छ।’

गंगालाल अस्पतालले कोरोना संक्रमित उपचार गरिरहेको छ।

‘६० जना संक्रमितलाई ‘एचडियू’ मा राखेर उपचार गरिहेको छ। अस्पतालमा भएको अक्सिजन प्लान्ट फुल फेजमा चलिरहेको छ,’ डा. अधिकारीले भने।

कोराना संक्रमितलाई पनि उपचार गरिरहेको हुँदा अक्सिजनको अभाव भइरहेको उनको भनाई छ।

देशभर हाल अक्सिजनको हाहाकार भइरहेको छ।

कोरोना संक्रमित अक्सिजन नपाएर छट्पटाइ रहेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *