चिकित्सा शिक्षाको स्नातक तहको प्रवेश परीक्षा तत्काल नहुने

चिकित्सा शिक्षाको स्नातक तह (ब्याचलर)  को प्रवेश परीक्षा तत्काल नहुने भएको छ।

कोभिड संक्रमण बढेको भन्दा तत्काल परीक्षा नहुने चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले बताए।

‘निषेधज्ञा लागू भइरहेको र कोरोना संक्रमण समान्य नभइसक्दा सम्म परीक्षा नलिने निर्णय भएको छ,’ डा. गिरीले भने, ‘ अवस्था सामान्य भएपछि परीक्षा सम्बन्धि सूचना प्रकाशित गरिने छ।’

एमबिबिएस, बिडिएस, बिएनएस, बिएस्सी नर्सिङ, फार्मेसी लगायतका विषयका परीक्षाको तयारीमा रहेका विद्यार्थीले परीक्षाका विषयमा जिज्ञासा राख्दै आएका कारण निर्देशनालयले परीक्षा कार्यक्रम पछि सार्वजनिक गर्ने निर्णय गरेको हो।

परीक्षाका लागि आयोगले अनलाइन फारम भर्ने व्यवस्था गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय