सरकारले दियो २५ अस्पतालका कोभिड प्रयोगशालालाई सवा ८ करोड

हेल्थपोस्ट नेपाल

सरकारले २५ अस्पतालमा रहेका कोभिड–१९ प्रयोगशाला व्यवस्थापन गर्न सवा ८ करोड रुपैयाँ प्रदान गरेको छ।

अर्थ मन्त्रालयका अनुसार सात प्रादेशिक र १८ केन्द्रीय अस्पतालका ती प्रयोगशाला व्यवस्थापनका लागि ८ करोड २५ लाख रुपैयाँ दिइएको हो।

सात प्रादेशिक अस्पतालका कोभिड–१९ प्रयोगशालालाई ३ करोड ३० लाख रुपैयाँ र १८ केन्द्रीय अस्पतालका प्रयोगशाला व्यवस्थापन खर्चवापत ४ करोड ९५ लाख रुपैयाँ रकमान्त गरिएको अर्थ मन्त्रालयले जनाएको छ।

अर्थका अनुसार पछिल्लोपटक १ लाख ८१ हजार १ सय ८६ थान मेडिकल उपकरण र ६ हजार ६ सय २ औषधी भन्सारबाट पैठारी भएका छन्।

त्यस्तै १ सय २० थान फेस सिल्ड, ९ हजार २ सय थान पल्स अक्सिमिटर, ३० हजार थान सिरिन्ज र २ सय १६ मेडिकल–सर्जिकल फर्निचर आयात गरिएको अर्थले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *