स्वास्थ्य मन्त्रालयले भन्यो–अनुमतिविना अक्सिजन बिक्री गरिए कारबाही
स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई स्वास्थ्य आपतकालीन कार्यसन्चालन केन्द्रले स्वास्थ्य मन्त्रालयको सिफारसविना कुनै पनि सरकारी,सामुदायिक तथा निजी अस्पताललाई ग्यास सिलिण्डर बिक्री नगर्न आग्रह गरेको छ।
केन्द्रप्रमुख गुणराज लोहनीले अक्सिजन उद्योगलाई पत्र लेख्दै मन्त्रालयको अनुमतिविना अक्सिजन बिक्री गरेको पाइए कारबाही हुने चेतावनी दिएका हुन्।
कोभिड महामारीको दोस्रो लहरमा संक्रमितलाई अक्सिजन आवश्यक भइरहेको सन्दर्भमा अक्सिजन बिक्री वितरणलाई थप व्यवस्थित बनाउन यस्तो निर्णय लिइएको मन्त्रालयले जनाएको छ।