पछिल्लो २४ घन्टामा थपिए ८ हजार २ सय ८७ संक्रमित, ५३ जनाको निधन

पछिल्लो २४ घन्टामा ८ हजार २ सय ८७ जनामा संक्रमण पुष्टि भएको छ। १७ हजार ३१५ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार २८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख ८५ ८ सय ९० पुगेको छ।

शनिबार कोरोना संक्रमणबाट ५३ जनाको निधन भएको छ। हालसम्म नेपालमा कोरोना संक्रमणबाट ३ हजार ६ सय ३२ जनाको निधन भएको छ।

मन्त्रालयको अनुसार आज ८३ हजार ४ सय ९३ सक्रिय संक्रमित छन्।  उनीहरुमध्ये ७८ हजार १८ जना होम आइसोलेसनमा छन् ।

शनिबार ३ हजार ३ सय ७० संक्रमित निको भएका छन्।

मन्त्रालयका अनुसार कुल संक्रमित मध्ये २ लाख ९८ हजार ७ सय ६५ जना संक्रमणमुक्त भएका छन्।

आज ३ सय ९८ जना क्वारेन्टाइनमा छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय