प्रधानमन्त्रीलाई गगनको प्रश्न-कोरोना महामारीभन्दा आकस्मिक कार्य के छ तपाईंको ?
नेपाली कांग्रेसका नेता गगन थापाले अक्सिजन अभावमा संक्रमित र स्वास्थ्यकर्मी अत्तालिए पनि सरकारलाई मतलब नरहेको आरोप लगाएका छन्।
अक्सिजन अभावका कारण काठमाडौं र बाहिरका जिल्लाहरूमा पनि उपचारमा समस्या देखिएको उनको भनाइ छ।
‘प्रधानमन्त्रीज्यू केही दिनअघिसम्म अक्सिजनमा समस्या हैन, सिलिन्डरको कमी हो, भर्न अभाव हुँदैन भनेर प्रचारबाजी हुँदै थियो,’ थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘अहिले काठमाडौं बाहिरमात्रै हैन भित्रकै कयौं अस्पतालमा अक्सिजन पुनः भर्न नपाएर सञ्चालक र स्वास्थ्यकर्मी अत्तालिएका छन्। आजका दिनमा यो भन्दा आकस्मिक कार्य के छ तपाईंको?’