चीनबाट ४ सय खाली सिलिन्डर ल्याइँदै

हेल्थपोस्ट नेपाल

सरकारले चीनबाट पहिलो चरणमा ४ सय खाली अक्सिजनका सिलिन्डर ल्याउने भएको छ।

उपप्रधानमन्त्री तथा कोभिड–१९ संक्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा बसेको बैठकले २० हजार खाली सिलिन्डरमध्ये पहिलो चरणमा ४ सय खाली सिलिन्डर ल्याउने तयारी थालेको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।

सिलिन्डर ल्याउनका लागि यही वैशाख २७ गते नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीन जाने भएको हो। २० हजारमध्ये २ हजार जहाजबाट र १८ हजार सडकमार्ग हुँदै नेपाल ल्याइने छ।

नेपाल सरकारका अनुरोधमा चीन सरकारले निःशुल्क ती सिलिन्डर ल्याउन थालेको हो

नेपालमा अहिले ६ हजार २८८ अक्सिजनका सिलिन्डर रहेका छन् र दैनिक १ हजार ४११.५ लिटर खपत भइरहेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *