वीरको नयाँ भवनलाई कोभिड अस्पताल बनाइने, सोमबारबाट सञ्चालनमा

वीर अस्पतालको सर्जिकल भवनलाई कोभिड अस्पतालको रूपमा सञ्चालन गर्ने भएको छ।

अस्पतालका कार्यकारी निर्देशक डा. शान्ता सापकोटा अनुसार सोमबारबाट संक्रमितको उपचार गर्न थालिने छ।

सर्जिकल भवनमा ५ सय बेड क्षमता रहेको छ।

‘अहिले हामी सबै बेड सञ्चालन गर्ने सक्ने अवस्थामा छैइनौं,’ डा. सापकोटाले हेल्थपोस्टको कुराकानी भनिन्, ‘ सोमबारबाट १ सय बेड सञ्चालन गर्नेछौं। त्यसपछि क्रमश बढाउँदै लैजाने छौं।’

उनका अनुसार आइसियू तथा भेन्टिलेटरको सेवा जाइका भवनमा नै सञ्चालन हुनेछ।

‘बेड र बिरामी मात्र हुँदैन। बिरामीलाई उपचारमा चाहिने उपकरण र अक्सिजनको व्यवस्थापन भइरहेको छ। छिट्टै संक्रमित राख्ने तयारीमा छौं,’ उनले भनिन्।

वीरले कोभिड संक्रमितको उपचारको लागि कर्मचारी माग गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय