कोरोना संक्रमितको मृत्यु भएको भन्दै स्वास्थ्यकर्मीमाथि हातपात

हेल्थपोस्ट नेपाल

भेरी अस्पताल नेपालगञ्जमा कार्यरत एकजना स्वास्थ्यकर्मीमाथि हातपात भएको छ।

कोरोना संक्रमितको मृत्यु चिकित्सकको लापरबाहीले भएको भन्दै स्वास्थ्यकर्मी माथि हातपात भएको हो।

अस्पताल प्रशासनले इमरजेन्सी विभागमा कार्यरत हेल्थ अशिष्टेन्ट पुपेन्द्र शाहीमाथि शुक्रबार बिहान हातपात भएको घटनाको निन्दा गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ।

अस्पताल प्रशासनले घटनाको निष्पक्ष छानविन गरि दोषी उपर कडा कानुनी कारबाहीको माग गरेको छ ।

कोभिड–१९ को महामारीबाट बिरामीलाई बचाउन रातदिन सेवा गरिरहेका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई उच्च मनोवल बनाउन सहयोग गर्नुपर्नेमा त्यसबिपरीतका गतिबिधि हुनु दुःखद भएको विज्ञप्तीमा उल्लेख गरेका छन्।

शुक्रबार बिहान साढे ८ बजेतिर अपरिचित ३–४ जनाको समूहमा आएका व्यक्तिहरुले कोभिड वार्डमा आफन्तको मृत्यु भएपछि बिरामीलाई किन समयमै हेर्न नआएको भन्दै हातपात गरेका थिए।

कोरोना संक्रमित बिरामीको मृत्यु भएपछि चिकित्सकको लापरबाहीले गर्दा भएको भन्ने आरोप लगाउँदै श्वास्थ्यकमीमाथि हातपात हुनुले असुरक्षा महसुश भएको भन्दै अस्पताल प्रशासलने भरपर्दो सुरक्षा ब्यबस्थाको माग पनि गरेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *