सिनोफर्मले उत्पादन गरेको कोरोना भ्याक्सिनलाई डब्ल्यूएचओको आपतकालिन प्रयोग अनुमति

कोरोनाविरुद्धको चिनियाँ खोपलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले आपतकालीन प्रयोग अनुमति दिएको छ।

चिनियाँ कम्पनी सिनोफर्मले उत्पादन गरेको खोपलाई डब्ल्यूएचओले आपतकालीन प्रयोग अनुमति प्रदान गरेको हो।

डब्ल्यूएचओबाट आपतकालीन प्रयोग अनुमति पाउने यो पहिलो गैरपश्चिमी मुलुकको पहिलो खोप पनि हो। यो खोप चीन र विश्वका केही अन्य देशमा करौडौंलाई लगाइसकिएको छ।

डब्ल्यूएचओले यसअघि फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडर्नाको खोपलाई अनुमति दिइसकेको छ।

चिनियाँ कम्पनीको यो खोप प्रभावकारी देखिएकोले अनुमति प्रदान गरेको डब्ल्यूएचओले जनाएको छ। यो खोप १८ वर्षभन्दा माथिका लागि सिफारिस गरिएको छ। यसको दुई मात्रा लगाउनु पर्ने हुन्छ।

चीनकै सिनोभ्याक र रसियाको स्पुतनिक-भी पनि डब्ल्यूएचओको आपतकालिन प्रयोग अनुमतिका लागि परीक्षणको चरणमा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय