वीर अस्पतालमा आवेदन दिन नर्सहरूको भीड

हेल्थपोस्ट नेपाल

वीर अस्पतालमा करारको नियुक्तीको लागि दरखास्त दिने स्टाफ नर्सको घुइचो लागेको छ।

अस्पताल प्रशासनले आकस्मिक र कोभिड संक्रमणका बिरामीको उपचारका लागि ६ महिना सेवा करारमा कर्मचारी माग गरेपछि आवेदन दिनेहरुको भीड बढेको छ ।

वैशाख २२ गतेबाट खुलेको फारम भौतिक रुपमै उपस्थित भएर बुझाउनुपर्ने भएपछि फारम भर्नेहरुको बिहानैबाट भीड लागेको छ।

अस्पतालले आकस्मिक कक्षको लागि ८ जना नर्सको माग गरेको छ।

शुक्रबार ५ बजे सम्म १८० नर्सले आवेदन दिइसकेको अस्पताल प्रशसानले जनाएको छ।

त्यसै, कोभिड बिरामीको उपचारको लागि एक सय नर्स मागेकोमा हालसम्म १ हजार ७ सय भन्दा बढि आवेदन दिइसकेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *