काठमाडौं उपत्यकामा थपिए ४ हजार १०६ संक्रमित

काठमाडौं उपत्यकामा एकैदिन ४ हजार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार शुक्रबार थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका ३ हजार ८९ छन्।

ललितपुरमा ६४३ र भक्तपुर जिल्लामा ३७४ जना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार शुक्रबार देशभर ९ हजार १ सय ९६ मा संक्रमण पुष्टि भएको छ।

आज कोरोना संक्रमणबाट ५० जनाको निधन भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय