पछिल्लो २४ घन्टा ९१९६ संक्रमित थपिए, ५० जनाको निधन
पछिल्लो २४ घन्टामा नेपालमा ९ हजार १ सय ९६ मा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ४ सय ८२ नमुना परीक्षणमा ९ हजार १ सय ९६ मा संक्रमण पुष्टि भएको हो।
यो सँगै संक्रमितको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ।
आज देशभर ७८ हजार ६ सय २९ सक्रिय संक्रमित छन्।
शुक्रबार ५० जनाको कोरोनाबाट निधन भएको छ।
मन्त्रालयको तथ्यांक अनुसार नेपालमा कोरोनाबाट निधन हुनेको संख्या ३ हजार ५ सय ७९ पुगेको छ।
पछिल्लो २४ घन्टामा २ हजार ९ सय ५ जना संक्रमणमुक्त भएका छन्।
हालसम्म कुल संक्रमितमध्ये ७८.२ प्रतिशत निको भएका छन्।
शुक्रबार देशभरबाट ३ सय ८० जना क्वारेन्टाइनमा छन्।