खोप खरिद विभागले गर्ने हो, मन्त्रालय र सरकारको संलग्नता छैन : स्वास्थ्य मन्त्रालय

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप खरिदको बारेमा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले एक अपिल जारी गर्दै खोप खरिदको सबै जिम्मेवारी स्वास्थ्य सेवा विभागसँग भएको र त्यसमा मन्त्रालय र सरकारको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ।

मन्त्रालयले खोप खरिदमा मन्त्रालयसँग जोडेर आएको समाचारमा कुनै सत्यता नरहेको जनाएको छ।

‘कोभिसिल्ड खोप खरिद सम्बन्धमा स्वास्थ्य सेवा विभाग आफैंले निर्णय गर्ने भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई संलग्न गरी आएका समाचार हकमा सत्यता रहेको छैन,’ मन्त्रालयले निकालेको अपिलमा भनिएको छ।

सेरम इन्स्टिच्युट अफ इन्डियाले नेपाललाई खोप आपूर्ति गर्न प्राथमितामा राखेको तर कम्पनीमा आगलागी भएकाले अहिले नै खोप दिन नसक्ने जनाएकोे मन्त्रालयले बताएको छ।

‘सरेमबाट ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था छैन,’ मन्त्रालयले गरिएको अपिलमा भनिएको छ, ‘अन्य खोप प्राप्त गर्न कुटनैतिक तथा अन्य माध्यमबाट समेत प्रयास भइरहेको छ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *