
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी प्रदेशका सबै अक्सिजन प्लान्टको उत्पादन नियमित भएको बताएका छन्।
बन्द रहेको दाङको अक्सिजन प्लान्ट पुनः सुरु भएको र भारतबाट लिक्विड अक्सिजन पनि आउन थालेको उनले बताएका छन्।
सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘अक्सिजनका कारणले क्षमता सीमित गर्न वाध्य अस्पतालहरुले क्षमता बढाएर बिरामीको उपचार गरौं।’
