होम आइसोलेसनमा रहँदा कुन औषधि खान सकिन्छ, कस्तो सावधानी लिनुपर्दछ?

नेपालमा कोरोना संक्रमण तीव गतिमा फैलिरहेको छ।

कोरानाबाट संक्रमित हुनेको संख्या ३ लाख ६८ हजार नाधिसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार ७२ हजार भन्दा बढि सक्रिय संक्रमित छन्।

जसमध्ये ६७ हजार संक्रमित होम आइसोलेसनमा छन्।

होम आइसोलेसनमा बसिराख्नु भएका संक्रमित आत्तिन पर्दैन। भाइरसलाई मनोबल नै जित्न सकिन्छ।

कोरोना संक्रमित व्यक्ति होम आइसोलेसनमा बसिरहँदा पनि के गर्ने भन्ने बारेमा जानकार हुन आवश्यक छ।

आइसोलेसनमा बसिरहँदा रोग प्रतिरोधात्मक क्षमता बढाउन र केही लक्षण देखिएमा केही औषधिको प्रयोग गर्न सकिन्छ।

–सिटामोल ५ एमजिको १ देखि २ चक्की सम्म दिनको ३ पटक पाँच दिनलाई सेवन गर्न सकिन्छ। त्यसैगरी, ज्वरो आएमा वा जिउ दुखेमा सिटामोलको प्रयोग गर्न सकिन्छ।

–बिहान जिंक चक्की दिनको एक पटक दुई हप्तासम्म खान सकिन्छ।

–‘भिटामिन सि’ चक्की बिहान खाना खाएपछि दिनको एक पटक। दुई हप्तासम्म खान पर्दछ।

–कोरोनाको लक्षण छ र खोकी निरन्तर छ भने ‘कफ सपरेसन’ १० एमएल ८ घन्टाको फरकमा खान सकिन्छ।

–नियमित रूपमा गाहे हुने गरी सुख्खा खोकी लाग्ने भइरहेको छ भने ट्याब ‘लभोसेटिरिजिन’ ५ एमजि राती सुत्ने बेलामा खान सकिन्छ।

– नियमित रूपमा तातोपानीको बाफ लिनुपर्दछ। सिरकले छोपेर ३ देखि ४ पटक सम्म २० मिनेट पानीको बाफ लिनुपर्दछ। जसले फोक्सोका नलीलाई खुलाउने र स्वास फेर्नमा सजिलो बनाउँछ।

–लामो श्वास लिने र केही बेर छोड्ने। एकपटकमा २० देखि ३० पटक सम्म गर्ने। दैनिक ३–४ पटक गर्न सकिन्छ। कोरोना संक्रमणले छाती तथा श्वासप्रश्वासमा हानी गर्ने हुनाले फाइदा नै गर्छ। अक्सिजनको मात्रा बढाउन मद्धत गर्छ।

– विभिन्न अनुसन्धानले सुत्दा खेरी घोप्टो परेर सुत्दा संक्रमणमा धेरै फाइदा भएको देखाएको छ।

–प्लस अक्सिमिटर तपाईं सँग हुन जरूरी हुन्छ। यसलाई औंलामा लगाएर अक्सिजन मनिटर गर्न सकिन्छ। यो नर्मल ९४ भन्दा माथि हुन जरूरी छ। ९२ भन्दा तल भएको खण्डमा चिकित्सकको सल्लाह लिने वा अस्पताल जान जरूरी हुन्छ।

–बिहान र बेलुका नियमित रूपमा ज्वरोको मात्रा नाप्ने गनुपर्दछ।

–प्रशस्त मात्रा तातो पानी तथा सुप कम्तीमा ३–४ लिटर खानुपर्दछ।

के भएमा अस्पताल जाने ?

–स्वास फेर्न गाहो भएमा

–छाती दुखेमा

–अक्सिजनको मात्रा ९२ भन्दा कम भएमा

–बेहोस होइएला जस्तो भएमा

डा. तोसिमा कार्की

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय