अक्सिजन अभावमा भक्तपुरमा दुई कोरोना संक्रमितले गुमाए ज्यान

अक्सिजन अभावले भक्तपुरमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ।

भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा दुईजना संक्रमितले अक्सिजन अभावमा ज्यान गुमाएका हुन्।

अक्सिजन सकिन लागेको खबर पाउने बित्तिकै रिफरको लागि अस्पताल खोज्दाखोज्दै मृत्यु भएको भक्तपुर जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले बताए।

‘बिरामीको एकदम क्रिटिकल अवस्था रहेको र अस्पतालले अक्सिजन जुटाउन नसकेपछि रिफर गरेको रहेछ’, उनले भने।

अक्सिजन राखेर नै रिफर गरिएका बिरामीको मृत्यु भएको मिजारले बताए। अहिले भक्तपुरमा मात्र नभइ सबै अस्पतालमा अक्सिजनको कमी रहेको उनले बताए।

त्यसैले सबैलाई घरमै बसेर सुरक्षित रहन उनले आग्रह गरे।

भक्तपुरमा अहिलेसम्म १४० संक्रमितको निधन भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय