काठमाडौं उपत्यकामा ३० हजार १ सय ५५ सक्रिय संक्रमित

हेल्थपोस्ट नेपाल

काठमाडौं उपत्यकामा बिहिबार ३ हजार ९ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार जसमध्ये भक्तपुरमा २ सय ४२, ललितपुरमा ५ सय ६७ र काठमाडौंमा ३ हजार १ सय ६३ संक्रमित थपिएका छन्।

केही दिनयता काठमाडौं उपत्यकामा संक्रमितको संख्या तीब्र गतिमा बढेको छ।

काठमाडौं उपत्यकामा ३० हजार १ सय ५५ सक्रिय संक्रमित छन्।

मन्त्रालयको तथ्यांक अनुसार बिहिबार काठमाडौंमा २२ हजार ८ सय ८, भक्तपुरमा २ हजार ७ सय ४७ र ललितपुरमा ४ हजार ६ सय सक्रिय संक्रमित छन्।

हालसम्म तीनै जिल्लामा कुल १ लाख ४८ हजार १ सय ३९ जनामा संक्रमण पुष्टि भइसकेको छ भने १ हजार २ सय ४ जनाको संक्रमणबाट निधन भएको छ।

काठमाडौंमा ८ सय ८ , भक्तपुरमा १ सय ६६ र ललितपुरमा २ सय ३० जनाको कोरोनाबाट निधन भएको मन्त्रालयको तथ्यांक छ।

हालसम्म भक्तपुरमा ९ हजार ७ सय ६०, ललितपुरमा १७ हजार ४ सय ४९ र काठमाडौंमा १ लाख ११ हजार १ सय २६ जना निको भएका छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *