नेपालमा कोरोनाले बनायो नयाँ रेकर्ड, एकै दिन ९०७० जनामा संक्रमण
पछिल्लो २४ घण्टामा ९हजार ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७० र ७७५ एन्टिजेन परीक्षणमा १०० जना गरी ९ हजार ७० जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ लाख ६८ हजार ५ सय ८० पुगेको ६।
आज देशभरबाट २ हजार ७ सय ७ जना संक्रमित निको भएका छन्।
हालसम्म संक्रमित निको हुने संख्या २ लाख ९२ हजार ४ सय ९० पुगेको छ।
बिहिबार ७२ हजार ५ सय ६१ सक्रिय संक्रमित छन्।
मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा थप ५४ जनाको कोरोनाबाट निधन भएको छ।
यो सँगै नेपालमा कोरोनाबाट ३ हजार ५ सय २९ जनाको निधन भएको छ।
आज ३ सय १४ जना क्वारेन्टाइनमा छन्।