रेमडिसिभिर कालाेबजारी गर्ने एकजना काठमाडौंबाट पक्राउ

हेल्थपोस्ट नेपाल

कोरोना संक्रमित व्यक्तिलाई आवश्यक पर्ने रेमडिसिभिर कालाबजारी एकजना काठमाडौंबाट पक्राउ परेका छन्।

रेमडिसिभिर कालाबजारी गरेको आरोपमा गोरखा आरुघाट–४ घर भइ हाल काठमाडौं टोखा बस्दै आइरहेका २५ वर्षीय रफिक मियालाई प्रहरीले पक्राउ गरेको हो।

६ थान रेमडिसिभिर इन्जेक्सनको मूल्य करिब ३० हजार पर्नेमा १ लाख २० हजारमा बिक्रि गर्न लागेको बेला रफिकलाई प्रहरीले बसुन्धराबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ।

रफिकले महाराजगंजस्थित निलकण्ठ लम्सालको नाममा दर्ता रहेको सेवक फर्माका दीपक ढकालसँगको मिलेमतोमा रेमडिसिभर औषधि ल्याएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

रफिक पक्राउ परे सँगै फरार भएका ढकालको औषधि पसल प्रहरीले सिल गरेको अपराध महाशाखाले जनाएको छ।

नेपाल सरकारले स्वास्थ्यमन्त्रालयमार्फत मात्र रेमडिसिभिर उपलब्ध गराइने मापदण्ड निर्धारण गरेको छ।

सरकारले तोकेको मापदण्डविपरित औषधि बजारमा पुगेको र यसमा संलग्न अन्यको विषयमा थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *