तिलोत्तमाका नगर प्रमुख, उप–प्रमुखका गाडी अब एम्बुलेन्स !

हेल्थपोस्ट नेपाल

तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरे र उप—प्रमुख जागेश्वरी चौधरीले आफूले चढ्दै आएका गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाएका छन।

संक्रिमतको संख्या दिनप्रतिदिन बढ्दै जाँदा एम्बुलेन्स मात्र पर्याप्त नभएपछि ति गाडी बिरामीको सेवाका लागि प्रयोगमा ल्याएका हुन ।

तिलोत्तमा नगरपालिकामा हाल आफ्नै मातहतमा दुई वटा एम्बुलेन्स सञ्चालनमा छन् ।

नगर प्रमुख र उप—प्रमुखले चढ्ने दुई गाडी समेत गरी अब चार वटा सवारीसाधनले कोरोना संक्रमित बिरामीलाई बोक्नेछन्।

आज नगर प्रमुख र उप—प्रमुखले आफूले चढ्ने गाडीको चावी कोरोना फोकल पर्सन केशव भट्टराईलाई हस्तान्तरण गरेका छन ।

कोरोना महामारीको विकराल रुप नहट्दासम्म आफूहरु वैकल्पिक व्यवस्था गरी जनताको सेवामा जुट्ने नगर प्रमुख, उप—प्रमुखले बताएका छन ।

संक्रमितलाई अन्य साना सवारीसाधनले सजिलै अस्पताल वा आइसोलेशनमा नपुर्याउँदा समस्या बढ्दै गएको पाइएकोले यो निर्णय गरिएको नगर प्रमुख र उप—प्रमुखको भनाइ छ ।

नगर प्रमुखले प्रयोग गर्ने लु. १ झ.३६० र उप—प्रमुखले प्रयोग गर्ने लु. १ झ. ३२६ नंबरको स्कारपियो आजैदेखि कोरोना संक्रमितलाई बोक्न प्रयोगमा आएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *