निजी अस्पतालसँग जोडेर बदनाम गर्न खोजियो : डा. भगवान कोइराला
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले सामाजिक सञ्जालमा गरेको कमेन्ट प्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।
‘कुनै निजी अस्पतालसँग जोडेर सामाजिक सञ्जालमा कमेन्टहरू आइरहेको पाए,’ डा. कोइरालाले भने, ‘विगत एक बर्ष देखि मेरो कुनै निजी अस्पतालमा संम्लग्नता छैन।’
हाल मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगन्जमा कार्यरत रहेको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्।
डा. कोइरालाले सत्य तथ्य बुझेर मात्र लेख्न वा पोस्ट गर्न अनुरोध समेत गरे।
केही दिनयता उनलाई ह्याम्स अस्पतालसँग जोडेर सामाजिक सञ्जालमा टिकाटिप्णी आइरहेको छ।