कोरोना संक्रमितलाई बेड चाहिए यी नम्बरमा फोन गर्नुस्

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि शय्या चाहिएमा टोल फ्रि नं. ११३३ तथा मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ।

मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा उल्लेखित टोल फ्रि र मोबाइल नम्बरमा सम्मर्क गर्न आग्रह गरेको हो।

संक्रमणको दोस्रो भेरियन्ट फैलिएर बिरामी बढ्न थालेपछि अहिले देशभरि शय्याको अभाव रहेको छ।

बुधबार मात्र ८ हजार ६५९ जना संक्रमित भएका थिए भने ५८ को निधन भएको थियो

। ती नम्बरमा फोन गरे शय्या उपलब्ध गराउने मन्त्रालयले जनाएको छ। २४ सै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *