आइसोलेशनमा कोरोना संक्रमितले गरे आत्महत्या

चितवनका एक कोरोना संक्रमित युवकले झुण्डिएर आत्महत्या गरेका छन् ।

माडी–३, इनारबरुवा गाउँ निवासी बर्ष ३२ का संक्रमित युवकले गएराति झुण्डिएर आत्महत्या गरेका हुन् ।

एक साताअघि भारत बिहारमा सम्पन्न बैवाहिक कार्यक्रममा सहभागी भई फर्किएका उनलाई परिवार र छिमेकीहरुले घरसंगैको गोठमा ‘आइसोलेशन’मा राखेका थिए ।

लगातार झाडापखाला लागेका उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो।

उनले गएराती झुण्डिएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

पिपिई र अन्य सुरक्षाको उपाय सहित घटनाको अनुसन्धान र शव व्यवस्थापन गर्न लागिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय