स्वास्थ्य मन्त्रालयले भन्यो– सरकारले तोकेको भन्दा बढि पैसा लिने अस्पतालाई कारबार्ही गछौं

सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि भनेर तोकिएकोभन्दा बढी शुल्क लिने स्वास्थ्य संस्थालाई कारबाही गर्ने चेतावनी दिएको छ।

स्वास्थ्य मन्त्रालयले बुधबार एक वक्तव्य जारी गदैं सरकारले तोकेको भन्दा बढी शुल्क लिने गुनासो आइरहेको पाइएकाेमा बढी शुल्क लिएको फेला परेमा  कडा कारबाही गरिने चेतावनी दिएको छ।

‘महामारीको यो संकटमा हामीले एकले अर्कालाई सेवाभावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुःख दिने, समस्या बढाउने कार्यप्रति स्वास्थ्य मन्त्रालय गम्भीर ध्यानाकर्षण भएको छ।यस किसिमले अनावश्यक शुल्क लिने लगायतका गैरकानुनी गतिविधि गर्ने जुनसुकै व्यक्ति तथा संस्थालाई यस्ता गतिविधि नगर्नु नगराउनु हुन सचेत गराइन्छ,’ वक्तव्यमा भनिएको छ।

मन्त्रालयले नियमित अनुगमन गरिरहेको र फेला परेमा कडा कारबाही गर्ने चेतावनी दिएको छ।

कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिएसँगै निजी अस्पतालहरूले मनलाग्दी रूपमा बेडको मूल्य तोक्न थालेका छन्।

संक्रमितलाई विशिष्ट सेवा प्रदान गर्ने नाममा हम्स अस्पताल, काठमाडौं मेडिकल कलेज र केही निजी अस्पतालले चर्को पैसा असुल्दै आएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय