घरमै पुगेर कोरोना परीक्षण गरेको ५ सय रूपैयाँ लाग्ने
स्वास्थ्य तथा मन्त्रालयले घरमै गएर पिसिआर परीक्षण गर्ने नमूना संकलनको शुल्क अधिकतम पाँच सय रुपैयाँ निर्धारण गरेको छ।
मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले बुधबार प्रेस ब्रिफिङमार्फ घरमा पुगेर पिसिआर परीक्षणका लागि नमूना संकलन गर्ने शुल्क अधिकतम पाँच सय निर्धारण गरेको बताए।
यसका लागि आवश्यक मापदण्डको व्यवस्थापन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने निर्णय भएको उनले जानकारी दिए।
त्यसैगरी, मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमले स्थानीय तहलाई कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षण बढाउने व्यवस्था गर्न निर्देशन दिएको छ।