कति पिउनुपर्छ श्वासप्रश्वासजन्य संक्रमण हुँदा पानी?

हेल्थपोस्ट नेपाल

श्वासप्रश्वासको जुनसुकै भाइरस संक्रमणमा शरीरमा प्रयाप्त पानी नभएमा श्वासप्रश्वास नलीको म्युकस बाक्लो हुनजान्छ।

जसले गर्दा यसलाई फोक्सोबाट बाहिर फाल्न कठिनाई हुने र फलस्वारुप संक्रमणको संभावना बढ्ने गर्छ र साथै भइरहेको संक्रमणका नियन्त्रण पनि गाहे हुन्छ।

यदि हामीले रुघा लागेको बेलामा र ज्वरो आउने बेलामा अरु दिनको तुलनामा बढी पानीको प्रयोग नगरेमा शरीरमा पानीको कमी हुनु स्वभाविक नै हो ।

पखाला लाग्दा, भोक कम लागेको बेलामा शरीरमा थप पानीको कमी हुने संभावना बढी हुन्छ ।

त्यसैले यस्तो संक्रमण भएको बेलामा प्रयाप्त मनतातो पानी वा अन्य झोल पदार्थ एकएक दिनमा पिइरहनु अत्यान्तै लाभदायक हुनसक्छ । राती सुत्ने बेलामा पनि यो कुरा विशेष ध्यान दिनु जरुरी हुन्छ।

पानी कति पिउने भन्नेमा नाक कति बगिरहेको छ? झाडापखाला भइरहेको र ज्वरो आएको छ भने अझै पानी बढी पिउनुपर्ने हुन्छ ।

पानी प्रयाप्त भएको छ कि छैन भन्ने यकीन गर्न समयसमयमा क्लियर पिसाब भइरहेको छ भने पानी पुगेको छ भन्न सकिन्छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *