नेपालमा एकैदिन थपिए ८६५९ संक्रमित, ५८ जनाको मृत्यु, हालसम्मकै उच्च

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ५८ जनाको निधन भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ।

२० हजार ७ सय ५६ पिसिआर र एन्टिजेन मार्फत ६ सय १६ नमुनाको मार्फत परीक्षण गर्दा ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो।

यो संख्या हालसम्मको उच्च हो। काठमाडौ उपत्यकामा आज ३ हजार ८ सय ४९ जना नयाँ संक्रमित फेला परेका छन् ।

हाल देशभर ६६ हजार ३५२ सक्रिय संक्रमित रहेका छन्।

तीमध्ये ४ हजार ७६४ संस्थागत आइसोलेसनमा छन् भने ६१ हजार ५८८ होम आइसोलेसनमा छन् ।

बुधबार १९९३ जना निको भएर डिस्चार्ज भएका छन् । कोरोना सङ्क्रमणमुक्त हुनेको दर ८० दशमलव ६ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल देशभर आइसियुमा रहेका ६ सय सङ्क्रमितमध्ये १ सय ५६ जना भेन्टिलेटरमा छन् ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *