संक्रमितसँग दैनिक ५० हजार असुल्दै ह्याम्स अस्पताल, सहमति पत्रमा हस्ताक्षर नगरि भर्ना नलिने

हेल्थपोस्ट नेपाल

कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिएसँगै निजी अस्पतालहरूले मनलाग्दी रूपमा बेडको मूल्य तोक्न थालेका छन।

अहिले कोरोना नाममा ‘लुटतन्त्र’ चलिरहेको छ।

काठमाडौंको ह्याम्स अस्पतालले कोरोना संक्रमितसँग एउटा बेडको प्रतिदिन ५० हजार रुपैयाँसम्म असुल्न थालेको छ।

आइसोलेसन सुइट रुमको प्रतिदिन ५० हजार रुपैयाँ लिने गरी अस्पतालले शुल्क तोकेको हो।

अस्पतालले ७ हजारदेखि ५० हजारसम्म एकै रुमको लिएको र त्यसरी लिएवापत कतै उजुरबाजुर नगर्ने भन्ने कागज समेत गराउने गरेको छ।

अस्पतालले आफन्तसँगको मञ्जुरीनामामा कोरोना संक्रमितको उपचारका लागि प्रतिदिन जनरल वार्डको ७ हजार, दुई बेड सेयर गरेर बस्दा १५ हजार, तीन बेड सेयर बस्दा ११ हजार, आइसोलेसन प्राइभेट रुमको २१ हजार, आईसीयू बेडको २२ हजार तिर्नुपर्ने उल्लेख गरेको छ।

त्यसैगरी, आइसोलेसन डिलक्स रुमको २६ हजार र आइसोलेसन सुइट रुमको ५० हजार रुपैयाँ लिँदै आएको छ।

यसबाहेक अन्य थप खर्च पनि बिरामीले बेहोर्नुपर्ने मञ्जुरीनामामा उल्लेख छ।

यो सरकारले तोकेभन्दा धेरै बढी रकम हो।

सरकारले गम्भीर प्रकृतिको उपचार गरेवापत १५ हजार, मध्यमको ७ हजार र नर्मलको ३ हजार ५ शुल्क तोकेको छ। सो रकममा ५० प्रतिशत सम्म बढाएर लिन पाउने सरकारले अनुमति दिएको छ।

तर, निजि अस्पतालले सरकारले तोकेको भन्दा पनि चर्को मूल्य बिरामीसँग असुल्दै आएका छन्।

ह्याम्सले शुल्कका विषयमा अन्यन्त्र उजुरबाजुर गर्न नपाउने सर्तसहितको पत्रमा हस्ताक्षर गराएर मात्रै बिरामीको उपचार गर्न सुरु गरेको छ।

‘सरकारी अस्पतालमा उपचार निःशुल्क हुने अस्पताल प्रशासनले जानकारी गराए तापनि म÷मेरो बिरामीलाई आफ्नो इच्छाले यस अस्पतालमा उपचार गराउन चाहन्छु। यस अस्पतालमा उपचारका क्रममा लाग्ने सम्पूर्ण खर्च स्वयं बेहोर्नेछु तथा यसबारे उजुरबाजुर गर्ने छैन,’ मञ्जुरीनामामा उल्लेख गरिएको छ।’

काठमाडौं मेडिकल कलेजको लुट, एकदिन संक्रमित उपचार गरेको ३० हजार!



Leave a Reply

Your email address will not be published. Required fields are marked *