२५ वर्षिया महिलाले एकैपटक जन्माइन् नौ शिशु
पश्चिम अर्फिकामा एक महिलाले नौ जना बच्चालाई जन्म दिएकी छिन्। २५ वर्षिया हलिमा सेसेले गत मंगलबार नौ जना शिशुलाई जन्म दिएकी हुन्।
मोरक्को सरकारले सबै नवजात शिशुहरु स्वस्थ्य रहको बताएको छ। सेसेले पाँच छोरी र चार छोरालाई जन्म दिएकी हुन्।
उनको अल्ट्रासाउण्ड गरी हेर्दा ७ जना शिशु रहेको जनाइएपनि जन्मदा नौ जना रहेको अन्तराष्ट्रिय संचार माध्ययमहरुले जनाएका छन्।
सबैजनालाई सिजरियन सेक्सनद्धारा जन्माइएको हो।
उनलाई राम्रो उपचारका लागि मोरक्को लगिएको छ।
मोरक्को सरकारले नौ जना शिशुको जन्म दिने यो नै पहिलो केश हो, होइन यकिन गरेको छैन।
अहिलेसम्म सबै नवजात शिशु र आमाको स्वास्थ्य अवस्था राम्रो छ।