काठमाडौँ आइपुग्यो रेम्डेसिभिर, कहाँ–कहाँ पाइन्छ?
कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ काठमाडौ आइपुगेको छ।
औषधि आयात गर्ने निजी संस्था हाम्रो मेडि कन्सर्नले बेक्सिम्को बंगादेशबाट ३ हजार भाइल रेम्डेसिभिर ल्याएको हो।
रेम्डेसिभिर आउनासाथ हाम्रो मेडि कन्सर्नले वितरण शुरु पनि गरेको छ।
पहिलो प्राथमिकतामा सरकारले तोकेका कोभिड अस्पतालहरु छन।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा १३५, नेपाल पुलिस हस्पिटल १०८, ग्रान्डी हस्पिटल ५४, चियायु नेशलन हस्पिटल, ५४, केडिसी २७, भक्तपुर हस्पिटल २७, मध्यपुर हस्पिटल १२, ह्याम्स हस्पिटल १०८, बी एण्ड बी ५४, नर्भिक ५४, शहीद शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पताल १०८ भाइल रेम्डेसिभिर वितरण गरिएको छ।
त्यसैगरी, काठमाडौं मेडिकल कलेज ५४, हेल्पिङ ह्यान्स सामुदायिक हस्पिटल २७, ओम हस्पिटल ५४, निदान हस्पिटल ५४, मेडिकेयर हस्पिटल ५४, बयोधा हस्पिटल १२, ग्रिनसिटी हस्पिटल ५४, खांग्री हस्पिटल १२, मनमोहन मेमोरियल हस्पिटल २४, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र १२? नेपाल आर्मी हस्पिटल ५४, नेपाल शसस्त्र प्रहरी अस्पताल ५४, सुमेरु सिटी हस्पिटल १८, मेडिप्लस १२, कोरियन मैत्री हस्पिटल १२, शिर मेमोरियल १२, बीर हस्पिटल ५४, मेडिसिटी हस्पिटल १०८, नेपाल मेडिकल कलेज १२, पाटन हस्पिटल ५४, स्टार हस्पिटल १२, मेघा हस्पिटल २७, सिभिल सर्भिस हस्पिटल १०८ भाइल रेम्डेसिभिर वितरण गरिएको छ।
त्यस्तै, नेपाल नेशनल हस्पिटल ५४, नारायनी उपक्षेत्रीय हस्पिटल ५४, भरतपुर १८, फिस्टेल हस्पिटल पोखरा २७, कीर्तिपुर हस्पिटल २७, दीर्घायु गुरु हस्पिटल २७, काठमाडौं मोडेल हस्पिटल २७, लुम्बिनी लुम्बिनी प्रादेशिक अस्पताल १०८, युसिएमएस ५४, राप्ती उपक्षेत्रीय अस्पताल ५४, नेपालगञ्ज मेडिकल कलेज कोहलपुर १०८, स्वास्थ्य सेवा विभाग १०८, सिविक हस्पिटल २७, शहीद मेमोरियल हस्पिटल २७, विपी स्मृति हस्पिटल २७, नेपाल भारत मैत्री हस्पिटललाई २७ भाइल वितरण गरिएको छ।
पछिल्लो समय रेम्डेसिभिर औषधिको अत्यधिक माग हुँदा एक भाइल कै ४० हजारसम्ममा कालोबजारी भएको खबर सार्वजानिक भएको थियो।