नेपालमा एकैदिन कोरोना संक्रमणबाट ५५ जनाको निधन
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ५५ जनाको निधन भएको छ।
यो सँगै नेपालमा संक्रमणबाट निधनको ३ हजार ४ सय १७ पुगेको छ।
आज निधन भएको संख्या हालसम्मको उच्च हो।
मगंलबार ७ हजार ५ सय ८७ संक्रमित थपिएका छन्।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
१६ हजार १ सय ३१ जनाको पिसिआर र ५७१ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा सात हजार ६६० जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
काठमाडौंका २ हजार ७७९, ललितपुरका ५१३ र भक्तपुरका ६०१ जनामा कोरोना संक्रमित थपिएका छन् ।
आज देशभर ५९ हजार ७ सय ९८ जना सक्रिय संक्रिमत छ । जसमध्ये ५५ हजार ५२० जना होम आइसोलेसनमा र संस्थागत आइसोलेसनमा चार हजार २७८ जना रहेका छन् ।
मंगलबार ६१६ जना आईसीयूमा र १७९ जना भेन्टिलेटरमा उपचाररत छन् ।
पछिल्लो २४ घन्टामा १ हजार ७ सय ७५ संक्रमित निको भएका छन्।
मन्त्रालयका अनुसार कुल संक्रमित मध्ये २ लाख ८७ हजार ७ सय ९० जना निको भएका छन्।
आज २ सय ५३ क्वारेन्टाइनमा छन्।