विवाह भएको १० दिनमै कोरोना संक्रमणबाट युवतीको मृत्यु

हेल्थपोस्ट नेपाल

भक्तपुर अस्पतालमा सोमबार कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ।

अस्पतालको आइसीयुमा उपचारका क्रममा २३ वर्षीया युवतीको मृत्यु भएको हो।

वैशाख १२ गते विवाह भएकी ती युवतीको १० दिनमै मृत्यु भएको हो।

भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले युवतीलाई बचाउन नसकेकोमा दुःख व्यक्त गरिन्।

अहिलेको यो नयाँ भेरियन्ट एकदम खतरनाक रहेको उल्लेख गर्दै उनले भनिन्, ‘अहिले यो भेरियन्टले सबै उमेरका व्यक्तिहरुलाई प्रभावित पारेको छ, त्यसैले यसलाई हेलचेक्र्यार्इँ नगरी सुरक्षित भएर घरमा बसौं।’

हाल अस्पतालमा ५६ जना संक्रमित उपचारत रहेको र सबैलाई अक्सिजन दिनुपर्ने अवस्था रहेको उनी बताउँछिन्।

मृतक युवतीका परिवारलाई पनि कोरोना संक्रमण भएको जनाइएको छ।

भक्तपुर अस्पतालको आइसोलेसनमा राखिएकी युवतीलाई स्वास फेर्न समस्या भएपछि उनलाई आइसीयुमा सारिएको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *