आजदेखि बन्द भए आन्तरिक उडान

आजदेखि सबै आन्तरिक उडानहरु पनि बन्द भएका छन्।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सम्भावित जोखिमलाई कम गर्न आजदेखि सबै आन्तरिक उडानहरु पनि बन्द गरिएका हुन्।

आइतवार बसेको मन्त्रिपरिषद बैठकले सोमबार मध्यरातिदेखि लागू हुने गरी सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको थियो।

यस्तै आउँदो बिहीबारदेखि भारतबाहेक अरु सबै अन्तर्राष्ट्रिय उडान बन्द हुनेछन्।

सरकारले नेपाल-भारतबीच एयर बलमा आधारित उडान भने कायम नै राखेको छ।

भारतसँगको उडान सङ्ख्या घटाइएको छ भने ती उडानबाट नेपाल आउँदा अनिवार्य १० दिन सरकारले तोकेको क्वारेन्टिनमा बस्नुपर्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय