
कोरोना संक्रमण भएका न्याय परिषद सदस्य लक्ष्मीबहादुर निराला खड्काको मृत्यु भएको छ।
सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा उपचाररत उनको आज बिहान मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ।
वैशाख १० गते भर्ना भएका उनमा निमोनियासमेत देखिएको थियो। उपचारका क्रममा निमोनिया बिग्रिएपछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार उनी सुगर र प्रेसरकोसमेत बिरामी थिए।
२०७६ पुसमा न्याय परिषद सदस्यमा नियुक्त भएका उनी पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकालमा महान्यायाधिवक्तासमेत भएका थिए।