अस्पताल चहार्दा चहार्दै गयो ज्यान…

जनकपुरमा कोरोना शंकास्पद एकजनाको उपचार अभावमा छटपटिएर ज्यान गएको छ।

धनुषाको बटेश्वर गाउँपालिका–४ स्थित ससुरालीमा बस्दै आइरहेका ४५ वर्षीय लोकबहादुर परियारको मंगलबार बिहान उपचार अभावमा मृत्यु भएको हो।

परियारलाई विगत पाँच दिनदेखि रुघाखेकी र ज्वरो थियो।

सोमबार राति श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि उनलाई प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो।

आइसोलसन वार्डमा बेड खाली नरहेको भन्दै अस्पतालले फर्काएको थियो।

त्यसपछि जनकपुरकै अन्य अस्पतालहरूमा परियारलाई भर्ना गर्ने प्रयास परिवारका सदस्यहरुले गरेका थिए।

तर, कुनै अस्पतालले भर्ना लिन नमानेपछि बाध्य भएर गाउँकै एक क्लिनिकमा पुगे।

तर, त्यहाँ अक्सिजनको सुविधा नहुँदा उनको मृत्यु भएको एम्बुलेन्स चालक रामबाबु महतोले बताए।

‘उहाँको शरीरमा अक्सिजनको मात्रा एकदमै घटिसकेको थियो। चेक गर्दा ४५ थियो,’ महतो भन्छन्, ‘एम्बुलेन्समा अक्सिजन लगाइदिएर जनकपुर लग्यौं। प्रादेशिक अस्पतालका साथै निजी अस्पतालले भर्ना गर्न मानेनन्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय