ललितपुरका सिडिओलाई कोरोना संक्रमण
ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ।
आज तिन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बोलाइएको थियो।
बैठकमा सहभागी हुननसक्ने भन्दै उनले आफूलाई संक्रमण पुष्टि भएको बताए।
काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा थप गर्ने र अझै कडा बनाउने बारे छलफल गर्नका लागि तीनै जिल्लाका प्रमुख जिल्लाअधिकारीहरूको बैठक आज दिउँसोका लागि बोलाइएको छ।