दुई चरणकै खोप लगाएकी कार्यपालिका सदस्य परियारको मृत्यु

हेल्थपोस्ट नेपाल

कोरोना भाइरस संक्रमणले ताराखोला गाउँपालिकाकी कार्यपालिका सदस्य तेजमाँया भण्डारी परियारको मृत्यु भएको छ।

३० वर्षीया परियारको कोरोना संक्रमण पश्चात उपचारका क्रममा धौलागिरी अस्पताल बागलुङमा मृत्यु भएको हो।

स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले सोमबार राति निधन भएको जानकारी दिए।

परियारलाई कोरोनाको लक्षण देखिएपछि  १८ गएराति धौलागिरी अस्पतालमा भर्ना गरिएको थियो ।

कोरोना संक्रमणको शिकार बनेकी उनले दुवै चरणको कोरोना विरुद्धको खोप समेत लगाएकी थिइन।

काठेखोला गाउँपालिका ३ धम्जा माइती भएकी उनले अन्तरजातिय विवाह गरेकी हुन।



One thought on “दुई चरणकै खोप लगाएकी कार्यपालिका सदस्य परियारको मृत्यु

  1. Date of vaccination day please! It is on the card! If any one knows the under lying cause please share!

Leave a Reply

Your email address will not be published. Required fields are marked *