टेकु अस्पतालले माग्यो ठुलो संख्यामा कर्मचारी
शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालले कर्मचारीको माग गरेको छ।
अस्पतालले एक सूचना जारी गर्दै विभिन्न पदको लागि ३३ कर्मचारीको आवश्यकता भएको जनाएको छ।
मेडिकल अधिकृत ८, स्टाफ नर्स २०, रेडियोग्राफर १ र हेल्थ असिस्टेन्ट ४ जनाको माग गरेको छ।
उक्त कर्मचारी असार मसान्त सम्मको लागि करारमा नियुक्त गरिने सुचनामा उल्लेख छ।
इच्छुक व्यक्तिले वैशाख २३ गते सम्म दरखास्त दिइसक्नुपर्ने छ।