इएनटी र मुख स्वास्थ्य अभिमुखीकरण तालिम पुस्तिका तयार

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७८ वैशाख २१ गते ८:२३

सरकारले आँखा, नाक, कान, घाँटी र मुख प्राथमिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण तथा तालिम पुस्तिका तयार गरेको छ ।

देशभर संचालित अभिमुखीकरण र तालिम कार्यक्रममा एकरुपता ल्याउन र सेवाको गुणस्तर कायम गर्न यस्तो पुस्तिका निर्माण गरिएको हो।

स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाले तयार पारेको पुस्तिका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा बिद्यालयका शिक्षका शिक्षिकालागि छ ।

तालिम पुस्तिका केही दिनअघि मात्रै स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिहले सार्वजनिक गरे ।

सोही सार्वजनिकीकरण कार्यक्रममा बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशक, प्रमुख तथा फोकल पर्सन, जिल्लाका स्वास्थ्य प्रमुख, महानगर तथा उपमहानगर र नगरपालिकाका स्वास्थ्य प्रमुख स्वास्थ्यकर्मी उपस्थित थिए।

महानिर्देशक डा. सिंहले तालिम पुस्तिका स्वास्थ्य सेवाको गुणस्तर बढाउँन कोसेढुंगा सावित हुने बताए । उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. मदन कुमार उपाध्यायले उपचारका आधारमा कम प्राथमिकतामा परेको यो क्षेत्रलाई प्राथमिकतामा पार्न कार्यक्रम अगाडि सारिएको बताए ।

शाखा प्रमुख डा. प्रकाश बुढाथोकीले बिशेषज्ञ सेवाका रुपमा परिचित आँखा, नाक, कान, घाँटी, मुखस्वास्थ्य सेवा स्वास्थ्य संरचनाको तल्लो तहसम्म पुरयाउन तथा आम नागरिकमा रोकथाम तथा सरसफाईसम्बन्धी जागरुकता सिर्जना गर्न कार्यक्रम ल्याइएको जानकारी दिए ।

डा. बुढाथोकीले यो स्वास्थ्यमा गरिने सामान्य वेवास्ताले बढ्ने जटिलता न्युनीकरण गर्न उपचारात्मक सेवा महाशाखा अन्र्तगत आँखा, नाक, कान, घाँटी, मुख स्वास्थ्य शाखाले थुपै काम गरिरहेको जानकारी दिए ।

सेवा प्रर्वद्धनले समस्याको रोकथाम, रोग शुरुकै अवस्थामा पहिचान र प्रेषणगरी रोगको जटिलता तथा अपांगता न्युन गर्न सकिने विशेषज्ञहरु बताउँछन् ।

शाखाले २ बर्षदेखि हरेक स्थानीय तहमा सशर्त कार्यक्रम अन्र्तगत महिला स्वास्थ्य स्वयंसेविका, बिद्यालयका शिक्षकशिक्षिका, बिद्यार्थी र स्वास्थ्यकर्मीका लागि अभिमुखीकरण तथा प्रदेश सरकारबाट तालिम संचालन गर्दे आएकोसमेत डा. बुढाथोकीले बताए ।

‘प्रदेश १, २, कर्णाली र सुदुरपश्चिमका लागी पनि निकट भबिष्यमा अभिमुखीकरण गरिन्छ’ डा. बुढाथोकीले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय