नेपालमा कोरोनाले बनायो नयाँ रेकर्ड, ३७ जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३७ जनाको निधन भएको छ।

मन्त्रालयको अनुसार संक्रमणबाट निधन हुने संख्या हालसम्म कै उच्च हो। सोमबार थपिएका सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३३६२ पुगेको छ।

त्यसैगरी, सोमबार ७ हजार ३ सय ८८ जना संक्रमित थपिएका छन्।

यो संख्या पनि हालसम्मको उच्च हो।

१६ हजार ६ सय ५८ जनाको पिसिआर र ५१८ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा सात हजार ४४८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। याे सँगै नेपालमा कुल संक्रमितकाे संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेकाे छ।

काठमाडौं उपत्यकामा भक्तपुरमा २२२ , ललितपुरमा ५२२ र काठमाडौंमा २०२२ जना गरी २९२२ संक्रमित थपिएका छन्।

कुल संक्रमितमध्ये साेमबार ५४ हजार ४१ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा दुई हजार २१ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८६ हजार १५ पुगेको मन्त्रालयले जनाएको छ।

हाल २१२  जना संक्रमित क्वारेन्टा्रइनमा छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *