नेपालमा ५ सय ५० जना पत्रकार कोरोना संक्रमित, ७ जनाको मृत्यु

नेपालमा ५ सय ५० जना पत्रकारहरू कोरोना संक्रमित भएको र तीमध्य ७ जनाको मृत्यु भएको नेपाल पत्रकार महासंघले जनाएको छ।

महासंघको अअभिलेखअनुसार २० जना पत्रकारको अस्पतालमा सामान्य उपचार भइरहेको २ जना पत्रकारलाई आइसियुमा राखिएको छ।

महासचिव रोशन पुरीले महासंघका प्रदेश र शाखाहरूमा कोरोना संक्रमित पत्रकार तथा उपचार र व्यवसथापनका लागि महासंघले सबै संयन्त्र परिचालन गरिसकेको पनि उनले बताए।

‘कतिपय शाखामा अक्सिजनसहितको आइसोलेसनको व्यवस्था गरिएको छ। यो विषम् परिस्थितिमा महासंघले पत्रकारको स्वास्थ्य सुरक्षा तथा पेशागत सुरक्षामा आपतकालीन टोली नै बनाएर काम गर्न निर्देशन गरेको छ। सोहीअनुसार सहभागिता जनाउन सबै प्रदेश समिति र शाखाहरुसहित पत्रकारहरुलाई महासंघ अनुरोध गर्दछ’ उनले भनेका छन्।

एक अपिल जारी गर्दै उनले यो महामारीको विषम परिस्थितिमा निकै संवेदनशील र पूर्व सतर्क भएर तथा स्वास्थ्य सुरक्षाका उपाय र मापदण्ड अपनाउन पनि आग्रह गरेका छन्।

‘महासंघ कोरोना संक्रमणको चुनौतीपूर्ण अवस्थामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि सुलभ तरिकाले पिसिआर परीक्षणलगायत स्वास्थ्य सामग्री, स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सकारसँग आग्रह गर्दछ’ उनले भनेका छन् ‘कोरोना संक्रमण भई उपचारको आवश्यकता भएका पत्रकारहरुका लागि निःशुल्क उपचारको प्रवन्ध मिलाउनसमेत सरकारको ध्यानाकर्षण गराउँदछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय