बुटवलमा थप ६ काेराेना संक्रमितको मृत्यु

हेल्थपोस्ट नेपाल

बुटवलकाे काेराेना अस्पतालमा उपचाररत ६ संक्रमितको मृत्यु भएको छ।

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र सल्यानका गरी ६ जनाको मृत्यु भएको हो।

अस्पतालमा सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार रुपन्देही बुटवल ४ का ८४ वर्षीय पुरुष, बुटवल ९ का ६१ वर्षीय पुरुष, बुटवल ११ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

यस्तै धातिवाङ अर्घाखाँचीका ७५ वर्षीय पुरुष, शिवराज ७ कपिलवस्तुका ४३ वर्षीय पुरुष र शारदा ११ सल्यानका ४३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *