कोरोना संक्रमित बिरामीले भरिँदै भक्तपुर अस्पताल

भक्तपुर अस्पतालमा कोभिडका बिरामी भरिँदैछन्। भक्तपुर अस्पतालको ६४ बेडको आइसोलेसनमा ५३ जना बिरामी भइसकेको अस्पतालले जनाएको छ।

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुमित्रा गौतमले अहिले भर्ना भएका विरामीकाे संख्या ५३ भइसकेको बताए।

सुपरिटेन्डेन्ट उनले बिरामीमा कन्ट्याक्ट टेसिंगमा परेका, रिपाेर्ट नआएकाहरु र अक्सिजन दिनुपर्ने अवस्थाका रहेको बताइन।

‘भर्ना नभएका बिरामीसमेत गर्दा अहिले अस्पतालमा करिब ६३ जना विरामी छन्, सबै आइसोलेसन टेन्ट भरिइसकेका छन्,’ उनले भनिन्।

साथै उनले अहिले दिनको १०० सिलिण्डर अक्सिजन खपत भइरहेको बताइन्।

उनले कोभिड बिरामीको अत्यधिक चाप बढेकाले अक्सिजन अभाब हुने संकेत भएको हुँदा अक्सिजन सिलिन्डर सहयोगका लागि पनि अपिल गरेकी छिन्।

भक्तपुरमा शनिबारसम्म संक्रमित संख्या एक हजार ६ सय १ पुगेको छ। जसमा एक हजार ५ सय १७ जना होम आइसोलेसनमा र बाँकी ८४ जना अस्पतालको आइसोलेसनमा छन्। कोरोनाबाट भक्तपुरमा एक सय ३१ जनाको मृत्यु भइसकेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय