अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मी तुरून्तै काममा फर्किनु : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मीलाई काम तुरून्तै फर्कन निर्देशन दिएको छ।

मन्त्रालयले एक सूचना जारी गर्दै हाल अध्ययन नभएका अवस्थामा सम्पूर्ण स्वास्थ्यकर्मीलाई आआफ्नो दरबन्दी रहेको स्वास्थ्य संस्थामा हाजिर भइ सेवामा खटिन आग्रह गरेको छ।

मन्त्रालयले विभिन्न चिकित्सा विद्यामा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु तथा अध्यापन गराउने सम्पूर्णलाई सम्बन्धित विश्वविद्यालय तथा कलेजहरुले उपचार व्यवस्थापनमा लगाउने साथै आवश्यकता अनुसार अन्य अस्पतालमा खटाउने निर्णय पनि गरेको छ।

त्यसैगरी, पिसिआर परीक्षण गर्ने सबै प्रयोगशालाहरूले २४ घन्टा नुमना लिने व्यवस्था गर्न समेत अनुरोध गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय