संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि

हेल्थपोस्ट नेपाल

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ।

ढकालले समाजिक सञ्जाल मार्फत संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

त्यसैगरी, उनकी श्रीमति इन्द्रिरा फुयाल पनि संक्रमित भएकी छिन्।

उनीहरू दुवै जना होम आइसोलेसनमा छन्।

हाल स्वास्थ्य अवस्था सामान्य रहेको र निजी निवासमा आराम गरिरहेको मन्त्री ढकालले बताए।

मन्त्री ढकालले आफूसँग सम्पर्कमा आएका सबैलाई आवश्यक सावधानी र सजगता अपनाउन आग्रह गरेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *