बालबालिकामा कोरोना संक्रमण तीव्र, एकैदिन ६ सय २३ संक्रमित
पछिल्लो समयमा बालबालिकालाई कोरोना संक्रमण हुँदैन भन्ने भ्रम हालको बढ्दै गएको संक्रमणको संख्याले प्रष्ट पारेको छ।
पछिल्लो २४ घन्टामा ६ सय २३ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ९ वर्ष मुनिका १ सय ६६ र १० देखि १९ मुनिका ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।
देशभर कूल संक्रमणको ९ प्रतिशत कोरोना संक्रमित २० वर्ष मूनिका उमेर समूह रहेको मन्त्रालयले जनाएको छ।
आइतबार कोरोनाले हालसम्मकै तथ्यांकको रेकर्ड तोडेको छ।
आज मात्रै देशभर थप ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भएको छ।
त्यसैगरी, काठमाडौं उपत्यकामा ३ हजार ५ सय भन्दा बढि जनामा संक्रमण पुष्टि भएको छ।
आइतबार संक्रमणबाट २७ जनाको निधन भएको छ।