आइतबार काठमाडौँ उपत्यकामा मात्र थपिए ३५ सय बढी संक्रमित
एकै दिनमा काठमाडौँ उपत्यकामा ३ हजार ५ सय ९५ संक्रमित फेला परेका हुन्।
जसमध्ये भक्तपुरमा ३ सय १, ललितपुरमा ५ सय ५० र काठमाडौं २ हजार ७ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा नेपालमा ७ हजार २ सय ११ जनाको कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयको अनुसार १६ हजार १ सय ४७ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा ७ हजार १ सय ३७ जनामा संक्रमण पुष्टि भएको हो।
त्यसैगरी, ६ सय २३ जनाको एन्टिजेन मार्फत परीक्षण गर्दा ७४ जनामा संक्रमण फेला परेको मन्त्रालयले जनाएको छ।
आज पुष्टि भएको संख्या नेपालमा हालसम्मकै उच्च हो।
एकै दिनमा यो रेकर्ड तोडिएको हो। योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ।
नेपालमा हालसम्म २ लाख ८३ हजार ९९४ जना संक्रमित निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा २७ जनाको निधन भएको छ ।
हालसम्म ३३ सय २५ जनाले ज्यान गुमाइसकेका छन्।